बेरोजगारीले गर्दा धनपति लागे राजनीतिमा, के जीवनशैली होला त परिवर्तन ? (भिडियो)


Filmy Kura, May 26, 2017 at 8:25 pm

बेराजगारी समस्या र राजनीतिक यात्रा यी दुई कुराबाट नेपाली युवा धेरै प्रभावित छन् । कतिपय बेराजगारी समस्या कै कारण राजनीतिमा कार्यकर्ता भएर लागिपरेको दृष्टान्त हामी समक्ष छ । असार २३ रिलिज चलचित्र ‘धनपति’ले यहि विषयलाई पर्दामा उठाएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा धनपति चरित्रमा कलाकार खगेन्द्र लामिछानेलाई देख्न सकिन्छ । त्यसो त पारिवारिक कथावस्तुमा आधारित यस फिल्मका लेखक समेत अभिनेता खगेन्द्र हुन् ।

युवा निर्देशक दीपेन्द्र के खनाल निर्देशित यस फिल्ममा खगेन्द्रको अलवा सुरक्षा पन्त, मनिश निरौला, आशान्त शर्मा, सुरवि बर्तौला लगायतका कलाकारले अभिनय गरेका छन् । मनछुने बनेको ट्रेलरलाई युट्युवमा राखेको केही समयमा धेरै खालका प्रतिक्रिया प्राप्त भएको छ । टुकि आर्टस् प्रस्तुत ‘धनपति’ लाई रोजिना सिटौलाले निर्माण गरेकी हुुन् । स्मरण रहोस् हिट फिल्म ‘पशुपति प्रसाद’ कै टिमले यो फिल्म निर्माण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो