श्वेताश्री फाउण्डेशनले बनाउने एकिकृत बस्तीको डा. पोखरेलद्धारा शिलन्यास


Filmy Kura, May 29, 2017 at 9:10 pm

श्वेताश्री फाउण्डेशनले सिन्धुपालञ्चोकको गढी नगरपालीकामा अवस्थित इन्द्रावति नदि किनारा छेउ बस्दै आएका माझी समुदायका लागि बनाउन लागेको एकिकृत बस्तीको आज शिलन्यास गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सिईओ डा. गोविन्द पोखरेल र फाउण्डेशनकी अध्यक्ष श्वेताले संयुक्त रुपमा आज निर्माणाधिन स्थलमा पुगेर बस्ती शिलन्यास गरेका हुन् ।


नेपाली चलचित्र क्षेत्रकी नायिका श्वेताले आफूलाई समाजसेवामा अग्रसर गराउदै भूकम्पले थलिएको सिन्धुपाल्चोक जिल्लाको माझी समुदायमा ६२ घर एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकी छिन् । स्वर्गीय श्रीमान श्रीकृष्ण श्रेष्ठ र आफ्नो नामबाट फाउण्डेशनको स्थापना गरी उनले एकिकृत बस्ती परियोजनालाई अगाडि बढाएकी हुन् । सोमबार भएको शिल्यानास कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीईओ पोखरेल सहित पूर्वप्रधान सेनापति रुक्माङ्गत कटुवाल, डा. भोला रिजाल, कलाकार बसुन्धरा भुषाल, निखिल उप्रेती, जितु नेपाल, गायक प्रमोद खरेल लगायतका व्यक्तित्व उपस्थित थिए ।


नायिका तथा समाजसेवी श्वेताले सुरुवात गरेको बस्ती निर्माणको कामलाई लिएर प्राधिकरण प्रमुख पोखरेलले उच्च प्रशंशा गरेका थिए । उनले थपे, ‘बार्दली र आँगन भएका घर हराउँदै गइरहेका छन् । भूकम्प गएको २ वर्ष पुग्दा पनि हामीले ती प्रभावित क्षेत्रमा अझै घर ठड्याउन सकेका छैनौ । गाउँ कै झल्को दिने संरचना अनुसारको बस्ती बसाल्नु आजको आवश्यकता हो ।’ यता पूर्वप्रधान सेनापति कटुवालले यस्तै समाजसेवी बढ्दै जाने हो भने देशको मुहार फेरिन धेरै समय नलाग्ने भनाइ राखे । डा. भोला रिजालले श्वेताको कामले मूर्त रुप पाओस् भनि शुभकामना दिएका थिए । कार्यक्रममा जितु नेपालले सिन्धुपाल्चोक आफ्नो जन्मथलो भएको भन्दै श्वेताको बस्ती निर्माणको परियोजनामा स्वदेश तथा विदेशबाट के सकिन्छ सो सहयोग गरिदिन आग्रह गरे ।

६२ घर निर्माणका लागि झण्डै ९ करोड लागत लाग्ने फाउण्डेशनले अनुमान गरेको छ । हाल संस्थालाई आर्थिक सहयोग जुटिरहेको छ । श्वेताले आफ्नो श्रीमान स्वर्गीय श्रीकृष्ण श्रेष्ठको गृहजिल्लामा आएर यस्तो पवित्र काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । बोल्दै गर्दा भक्कानिएकी श्वेताले भनिन्, ‘उहाँ हजुरको पनि चाहना थियो । समाजसेवा गर्ने । आज मैले सुरुवात गरेको छु । सायद उहाँको आत्माले देखिरहेको छ भने उहाँ पनि खुसी हुनुभयो होला ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो