५० हजारको चेक थमाउँदै लाउरेको गरियो शुभमुहर्त (तस्बिर सहित)


Filmy Kura, May 29, 2017 at 9:28 pm

चलचित्र ‘लाउरे’ को राजधानीको एक मन्दिरमा पूजा पाठ गर्दै शुभमुहर्त गरिएको छ । सोमबार बिहान चलचित्रमा आबद्ध यूनिटले पूजामा संलग्न रही फिल्मको मुहर्त गर्दै ‘लाउरे’ कस्तो खालको विषयवस्तुमा आधारित फिल्म हो भन्ने विषयमा जानकारी गराएको हो ।


रेगुलर त्यो पनि सुपरहिट फिल्म दिने मेकर सुनिल रावलले दुर्गिश फिल्मस्को व्यानरमा ‘लाउरे’ निर्माण गर्न लागेका हुन् । उनले शुभसाईतको कार्यक्रममा चलचित्र पत्रकार संघलाई आर्थिक सहयोग गरेका छन् । ५० हजारको चेक पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटालाई निर्माता रावलले हस्तान्तरण गरेका हुन् । ‘लाउरे’ लाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् । त्यसो त फिल्ममा विदेशी नारिक जेनेट मारिया लेटरको समेत अभिनय रहने जनाइएको छ । श्रृष्टि श्रेष्ठ, नरेन लिम्बु, विक्रम सिंह थारु, मिरुना मगर फिल्मका शीर्ष कलाकारहरु हुन् ।


जेठ तेस्रो साता अर्थात २१ गतेबाट फिल्म सुटिङ फ्लोर जादैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो