चलचित्र संघले पनि अमेरिकामा अवार्ड गर्ने, यस्ता छन् अन्य थप कार्यक्रम


Filmy Kura, May 30, 2017 at 7:39 pm

चलचित्रकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने अभिप्रायले अवार्डको आयोजना गर्दै आइरहेको नेपाल चलचित्र संघले बीचमा भएको ग्यापलाई चिर्दै पुनः अवार्डलाई निरन्तरता दिने भएको छ । आज संघको कार्यलय विशालनगरमा पत्रकार सम्मेलन गरी संघले आगामी दिनमा गर्न लागेको थप कार्यक्रमको विषयमा जानकारी गराएको छ ।

त्यसो त अवार्ड अचेल कसो गरी हुन्छ अमेरिका सम्म पुगेर गर्नमा संघ संस्था लागिपरेको देखिन्छ । यस अघि नेपाल फिल्म सोसाइटीको पहलमा पहिलो पटक अमेरिकामा ‘ग्लोबल फिल्म अवार्ड’ गरिएको थियो । नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउन र नेपाली चलचित्रको बजार विस्तारमा योगदान पु¥याउने उद्देश्यका साथ चलचित्र संघ नेपालले ‘नेम्पा फिल्म अवार्ड २०१७’ अमेरिकामा गर्न लागेको हो । १८ विधा र १ जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने उक्त कार्यक्रम आउदो सेप्टेम्बरको दोस्रो साता अमेरिकाको टेक्सास्मा भव्यताका साथ गरिने संघका अध्यक्ष प्रदीप कुमार उदले बताएका छन् । अमेरिकामा रहेका नेपाली चलचित्रका पारखी सँग अन्तरक्रिया समेत गरिने सो कार्यक्रममा नेपालबाट भने ४० जना चलचित्रकर्मी सहभागी हुनेछन् । यस्तै २०१८ मा भने संघले यो अवार्ड अष्ट्रेलियामा गर्ने जनाएको छ ।

त्यसो त चलचित्र संघले अवार्डलाई मात्र फोकस नगरी विद्यार्थी वर्गलाई चलचित्रप्रति अभिरुचि जगाउने उद्देश्यले चलचित्र क्षेत्रमा समेटिएको सिने क्विज र मूभि अफ द मन्थ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । क्यूएफ्एक्स् सिनेमाले प्रायोजन गर्ने क्विज प्रतियोगिता तीन चरणमा गरिने बताइएको छ । प्रथम चरणमा पूर्वाञ्चलका ८ जिल्ला, पश्चिमाञ्चलका १० जिल्ला र उपत्यकाका ४ जिल्लाका विभिन्न कलेजहरुबीच सम्पन्न गरिनेछ । मूभि अफ द मन्थ नेपाल फिल्म सोसाइटीको सहकार्यमा हरेक महिना नेपाल चलचित्र संघको प्रेक्षालयमा प्रदर्शन गरिने संघले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो