प्रिमियरमा रातो घरलाई सकारात्मक प्रतिक्रिया, करिश्मा देखि धुर्मुसले हेरे फिल्म


Filmy Kura, Jun 1, 2017 at 1:09 pm

रिलिजको दुई दिन अघि राजधानीमा चलचित्र ‘रातो घर’ को प्रिमियर गरिएको छ । शो हेर्न चलचित्र क्षेत्रका नाम चलेका व्यक्तित्व हल आएका थिए ।

सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘रातो घर’ लाई पर्दामा हेरिसके पछि आमन्त्रित अतिथिबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो । सुन्दरी अभिनेत्री करिश्मा मानन्धर, सुष्मा कार्की, सुस्मिता केसी, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पल्पसा डंगोल ‘चम्सुरी’, किरण केसी, अर्जुनजंग शाही लगायतका चलचित्रकर्मी हल पुगेका थिए ।


दुई घण्टा लामो फिल्म हेरिसकेपछि अभिनेत्री करिश्माले त मैले यो फिल्म किन खेलेनछु भन्ने खालको प्रतिक्रिया दिइन् । अर्थात उनले फिल्मको मुक्तकण्ठले प्रशंशा गरिन् । यता सिताराम कट्टेल ‘धुर्मुस’ ले भान्जा (विल्सन विक्रम राई) को काम असाध्यै मन परेको बताए । फिल्मको विषयवस्तु अनुरुप सबै पात्रले उतिनै न्यायपूर्ण काम गरेको धुर्मुसको भनाइ थियो । कलाकार तथा निर्देशक निर्मल शर्मा ‘गैडा’ ले पनि फिल्म उत्कृष्ट रहेको बताए । यता किरण केसीले फिल्म ए वान रहेको भनाइ राखे । समग्रमा फिल्मको प्याकेज नै राम्रो रहेको किरण उर्फ राता मकैको आशय थियो ।


प्रिमियर शो हेरेर चलचित्रकर्मीले दिएको प्रतिक्रिया छेउ मै बसेर सुनिरहेका मेकर तथा कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ ले अझ जिम्मेवारी थप भएको महसुस आफूले गरेको बताए । ‘रातो घर’ फिल्मकै लागि दुई वर्ष अन्य व्यानरको फिल्म नखेलेको भन्दै विल्सनले यो माया र सद्भावका लागि सबैलाई धन्यवाद दिए । उनले कुनै समय त्यस्तै प्रकारको हुलियाँका कारण ‘रातो घर’ परेको घटनालाई समेत स्मरण गरे । यता फिल्मका कलाकार गौरव पहारी र संयम पुरीले पनि फिल्मबाट पाएको प्रतिक्रियाले आगामी दिनमा थप काम गर्न हौसला मिलेको भनाइ राखे । फिल्मका लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बोले फिल्मको कथावस्तु र प्रस्तुतिकरणलाई मनपराएको भन्दै आफूले गरेको प्रयासले सार्थकता पाएको फिल्मीकुरालाई बताए । जे होस् कालो काम गर्नेको सेतो कथा चलचित्र ‘रातो घर’ लाई अधिकांशले राम्रो फिल्मको श्रेणीमा राखेका छन् । चलचित्रमा नेगेटिभ क्यारेक्टरमा अभिनय गरेका कलाकार अुनराग कुँवरको पनि धेरैले तारिफ गरेका छन् । चलचित्रमा विल्सन विक्रम राई, मेनुका प्रधान, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।

जेठ १९ गतेबाट अल नेपाल रिलिजको थालनी गर्ने फिल्मले झापा जिल्लामा रहेर गुण्डा गर्दी तथा ठेक्कापट्टा गर्ने ग्याङ्गको कथालाई पर्दामा उठाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो