बाहिरियो मन्दिराको कथा, असार २३ मा पोखिने भयो पारिवारिक व्यथा


Filmy Kura, Jun 1, 2017 at 7:38 pm

एउटै घर भित्र छायांकन गरिएको भनेर चर्चामा रहेको चलचित्र ‘मन्दिरा’को कथावस्तुमा नया खुलासा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक दीपेश सापकोटाले भने–‘यो काठमाण्डौको परिवेशमा घुमेको कथा हो । श्रीमान्–श्रीमतिको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश कसरी हुन्छ र त्यसले समस्या निम्त्याउछ भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।’

असार २३ गतेबाट रिलिज हुने यो चलचित्रमा नरेन खड्का, जेवीडीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगानाको साथमा नव–कलाकारद्धय विनि पोखरेली र विनिता ओलीको मुख्य भूमिका छ । भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट हुन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन बीसीको नृत्य निर्देशन, दयाराम पाण्डेको गीत, देव कोइमी राइको संगीत, अजित लामिछानेको पटकथा, उज्वल ढकालको सम्पादन छ । करुन अर्याल र उज्वल अर्याल निर्माता रहेको चलचित्रका सह–निर्माता सन्तोष सेढाई हुन् ।

एउटै घरमा सम्पूर्ण छायांकन गर्न गाह्रो नभएको निर्माणपक्षको भनाई छ । पत्रकार सम्मेलनमा चलचित्रमा समावेश एउटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो