रमेश बुढाथोकीले चिरे मरेको लास, भूईमान्छे टिजर बन्यो यस्तो (भिडियो सहित)


Filmy Kura, Jun 3, 2017 at 1:49 pm

चलचित्र ‘भूईमान्छे’को अडियो गीत र टिजर रिलिज गरिएको छ । निर्माण भएको १ वर्ष पछि दर्शक समक्ष आउन लागेको यो चलचित्र आगामी साउन २० गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको पब्लिसिटी म्याटर आउट गरिएको थियो । ‘भूईमान्छे’ मृत शरिरलाई पोष्टमार्टम गरिने विषयमा केन्द्रित छ । अहिले सम्मकै फरक इश्यूमा निर्माण भएको चलचित्रमा पुराना चलचित्रकर्मी रमेश बुढाथोकी र नवअभिनेत्री सिपोरा गुरुङको शीर्ष भूमिका रहेको छ । समारोहमा रमेश बुढाथोकीले करिअरको ३५ वर्ष लामो यात्रामा भिन्न विषयमा रहेको चलचित्रमा काम गरेको भन्दै आफ्नो चरित्रलाई न्याय गर्न कोसिस गरेको बताए । उनले थपे, ‘अस्पतालमै गएर लास चिर्दा डर पनि लाग्यो । पछि त गनाएर वाक्कै आउला जस्तो भयो । मेरो यो पहिलो अनुभव थियो ।’ नवराज बुढाथोकी निर्देशित ‘भूइमान्छे’लाई रोहिनी भट्टराईले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो