व्यापक प्रचारमा लाल्टिन, टिसर्ट वितरण देखि साइकल र्‍याली सम्म


Filmy Kura, Jun 4, 2017 at 7:39 pm

जेठ २६ रिलिज चलचित्र ‘लाल्टिन’ व्यापक प्रचारमा होमिएको छ । शनिबार पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर र स्वयम्भु पुगेर ‘लाल्टिन’ निर्माण यूनिटले वृद्ध तथा असहायलाई प्रति व्यक्ति एकथान टिसर्ट वितरण गरेको छ ।

चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप, निर्माता अनिम श्रेष्ठ र राज केसीको साथमा द्धय डेव्यू हिरो निर्जन थापा र राज कटुवालको टोलीले पशुपतिनाथ परिसरमा रहेका अशक्त वृद्ध तथा दृष्टिविहिन गायक गायिकालाई ‘लाल्टिन’ पोस्टर अंकित टिसर्ट वितरण गरेको हो । पशुपतिबाट यो टोली संकटा हुँदै स्वयम्भु क्षेत्रमा पुगेको थियो । फिल्मीकुरा संग कपडा वितरणलाई लिएर प्रस्तुकर्ता भानुले यो सामाजिक कार्य र फिल्म प्रचार दुवै भएको बताए । उनले थपे, ‘लगाउन नपाएकालाई एकसरो कपडा भएपनि उपलब्ध गराउँदा मनमा आनन्द छाएको छ । यो कार्यले पब्लिसिटीलाई पनि थप मद्दत पुर्‍याएको मैले महसुस गरेको छु ।’ पशुपति मन्दिर प्रवेशद्धार नजिकै दैनिक जसो गीत गाएर बस्ने गरेका दृष्टिविहिन कलाकारले ‘लाल्टिन’ले समाजमा साच्चिकै उज्यालो छर्ने पवित्र काम गरेको भन्दै फिल्म ५१ दिन हैन सयौ दिन सम्म चलोस् भनि शुभकामना दिएका थिए ।

मेकर अनिम श्रेष्ठले पशुपतिलाई साक्षी राखेर फिल्म राम्रो बनेको भन्दै बाँकी सबै दर्शकको हातमा रहेको बताए । उनले थपे, ‘एउटा उत्कृष्ट फिल्म बनाउने प्रयास गरेको छु । अहिलेका चल्तिका कलाकार देखि सम्भावना बोकेका कलाकारलाई मिक्सअप गरेर ‘लाल्टिन’ बनाएका छौ । हाम्रो तर्फबाट गरिनु पर्ने सबै कार्य लगभग पूरा भएको छ । यदि नेपाली चलचित्रलाई भित्री हृदयबाट मन पराउनु हुन्छ भने जेठ २६ रिलिज ‘लाल्टिन’ हेर्न नछुटाउनु हुन म सबैलाई आग्रह गर्दछु ।’ यता टिसर्ट वितरण गरेको ‘लालटिन’ ले सोमबार भने साइकल र्‍यालीको आयोजना गर्ने जनाएको छ । स्ट्रिट कन्सर्ट देखि सडकमा जेब्रा क्रसिङको विषयमा जानकारि दिने सम्मको कार्यलाई प्राथमिकता दिएको ‘लाल्टिन’ले जेठ २६ अगाडिका दिनमा चेतनामूलक देखि मनोरञ्जनात्मक कार्यमा युवालाई सहभागी गराउने भएको हो ।

त्यसो त पब्लिसिटीमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र प्रियंका कार्कीले साथ नदिएको भन्ने मिडियामा गुनासो आइरहदा निर्माण यूनिटले यी दुईको हाल जारी फिल्मको सुटिङलाई असर नपर्ने गरी यो साता प्रचारका लागि समय मिलाएको छ । यी दुवै कलाकारले अबको झण्डै एक साता ‘लाल्टिन’ प्रचारका लागि मिडिया समक्ष साक्षात्कार गर्नेछन् । स्मरण रहोस् एक्सन लभस्टोरी यस फिल्ममा कुनै समयका चर्चित हिरो अर्जुनजंग शाहीले समेत अभिनय गरेका छन् । झण्डै दुई दशकको ग्याप पछि उनले यसै फिल्म मार्फत कमव्याक गरेका हुन् । चलचित्र ‘लाल्टिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो