विश्व वातावरण दिवसका दिन काठमाडौंको सडकभरि लाल्टिन


Filmy Kura, Jun 5, 2017 at 7:10 pm

आज विश्व वातावरण दिवस । बिहानै राजधानीको मुख्य सडक ‘लाल्टिन’ मय देखिन्थ्यो । संख्यात्मक रुपमा काठमाडौं सडकमा कम चल्ने साइकलको संख्यामा एकाएक वृद्धि भएको देख्न सकिन्थ्यो ।

यो दृश्य थियो चलचित्र ‘लाल्टिन’ यूनिट र दारी ग्याङ्गको संयुक्त आयोजनामा विश्व वातावरण दिवसका दिन साइकल र्‍यालीको । ‘स्वास्थ्यका लागि स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि साइकल’ भन्ने नारा सहित उक्त र्‍यालीको आयोजना गरिएको थियो । चलचित्रका कलाकार निर्जन थापा, राज कटुवाल, जनक बर्तौला लगायत निर्माता टिम भानु प्रताप, अनिम श्रेष्ठ र राज केसी सहित पत्रकार तथा दारी दारी ग्याङ्गका सदस्यहरु र्‍यालीमा भाग सहभागी भएका थिए । र्‍याली ठमेलबाट सुरु भएर लैनचौर हुँदै पुतलीसडक, अनामनगर, माइतीघर हुँदै फेरि ठमेलमै गएर सम्पन्न भएको थियो । आउदो जेठ २६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाल्टिन’ को प्रचार प्रसारको साथमा वातावरण सम्बन्धी जनचेतना पनि होस् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

देव कुमार श्रेष्ठ निर्देशित चलचित्र ‘लाल्टिन’ मा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग शाही, जनक बर्तौला, ए गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो