जन्मदिनमा निर्माता सुनिल रावलले गरे यस्तो कमिटमेन्ट, टिनएज् दर्शक उनको पहिलो टार्गेट


Filmy Kura, Jun 5, 2017 at 7:46 pm

‘सायद २’ बाट चौथो सफलताको स्वाद चाख्न असार ३० कुरिरहेका निर्माता सुनिल रावलको आज ३६ औं जन्मदिन । उनका फेसबुकका भित्ता आज फ्यानहरुले दिएको वर्थ डे विसेस्ले भरिएका छन् ।

एकपछि अर्को हिट फिल्म दर्शकमाझ पस्किएर सेलिव्रेटी मेकर बनेका रावलले आफ्नो जन्मदिनमा केही कमिटमेन्ट गरेका छन् । जून कुरा उनले फिल्मीकुरा माझ सेयर गरेका हुन् । सर्वप्रथम त नेपाली फिल्म नचलिरहेको बखत ‘सायद’ जस्तो फिल्म निर्माण गरी टिनएज् दर्शकलाई हल तान्न सफल सावित भएका उनले ३६ औं वर्ष गाठमा पनि टिनएज् दर्शकलाई नै टार्गेट गरेर स्तरिय फिल्म मेकिङ गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै उनले आफूले बनाउने फिल्ममा प्रतिभावान नवकलाकारलाई सधैं प्रोत्साहन गर्ने हेतुले फिल्ममा ब्रेक दिने गरेको बताउँदै यो क्रम आगामी दिनमा पनि जारी रहने बताएका छन् । त्यसो त कमिटमेन्ट कै कुरा गर्ने हो भने उनले फिल्मको कन्टेन्ट अनुरुप स्तरिय फिल्मका लागि बजेटमा आफूले कहिले पनि कम्परमाइज नगर्ने वाचा गरेका छन् । यी त थिए निर्माता रावलले जन्मदिनमा गरेका प्रतिवद्धता । र सँगै उनले यो पटकको जन्मदिन ‘सायद २’ यूनिट सँग आफ्नै घरमा साँझ जमघट गरेर मनाउदै छन् ।

पृथक कथामा चलचित्र ‘लाउेर’ निर्माण गरिरहेको बताएका सुनिलले यो उमेरमा पनि योङ्ग जेनेरेशनलाई फुल इन्टरटेन्मेन्ट दिने फिल्म पस्किरहदा मनमा आनन्द मिल्ने गरेको भनाइ राखेका छन् । हुन त यो विषयमा सबै जानकार छदैनी छन् फिल्ममा लगानी गरेर लाखौ घाटामा गएका अधिकांश निर्माताको भिडमा सुनिलले भने लगानी उठाएर पनि नाफा कमाउने मेकरको लिस्टमा आफूलाई अब्बल श्रेणीमा राख्न सफल ठहरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो