म यस्तो गीत गाउँछुको डविङमा व्यस्त पूजा, विगत झै दर्शकसाथ मिल्नेमा आशावादी


Filmy Kura, Jun 7, 2017 at 1:56 pm

यतिबेला चलचित्र ‘म यस्तो गीत गाउँछु’ को धमाधम डविङ कार्य भइरहेको छ । प्रेमकथानक यस चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

काठमाण्डौको सिने जोन स्टूडियोमा नायिका शर्मा चलचित्रको डबिङमा व्यस्त थिइन् । उनले संवाद बोलिन्–‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसगै लिन पाए ।’ निर्देशक सुदर्शन थापा पूजालाई संवाद शैली सिकाउदै थिए । उनले अर्को रमाइलो संवाद बोलिन्–‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’ असार ३० गतेबाट रिलिज हुने यो चलचित्रमा पूजाको जोडीको रुपमा नायक पल शाहले अभिनय गरेका छन् । चलचित्र भित्र पनि पलको नाम ‘पल’ नै हुनेछ । पूजाले एउटा यस्तो संवाद डबिङ गरिन्–‘सबैथोक आफूले चाहेको मात्र हुदोरहनेछ पल ।’ चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो सार्वजनिक भैसकेको छ भने अडियो जुकबक्स पनि रिलिज भैसकेको छ । दर्शकले चलचित्रको अडियो र भिडियोलाई अत्याधिक रुचाएका छन् ।

प्रेमकथामा आधरित यो चलचित्रको बारेमा पूजा भन्छिन्–‘यसपटक पनि दर्शकले मलाई चलचित्र हेरिसकेपछि संझने धेरै संवादहरु चलचित्रमा छन् । गीतको रुपमा ‘प्रेमगीत’मा दर्शकले मलाई जसरी रुचाइदिनुभयो, त्यसरी नै ‘म यस्तो गीत गाउछु’बाट माया पाउनेमा ढुक्क छु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो