मनछुने संवाद समावेश म यस्तो गीत गाउँछु ट्रेलर रिलिज (भिडियो सहित)


Filmy Kura, Jun 9, 2017 at 6:25 pm

नायक पल शाह र नायिका पूजा शर्मा शुक्रबार आयोजना भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक कार्यक्रममा निकै खुशी देखिन्थे ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायक पल शाहले आफू भर्खर सिक्दै गरेको बच्चा भएको भन्दै सबैलाई साथ दिन आग्रह गरे । चलचित्रको ट्रेलरमा पल केटी बनेको देखाइएको छ । केटीको बन्दाको अनुभव सुनाउँदै उनले भने–‘जब यो दृश्यको सुटिङ भैरहेको थियो । गाउँका सबै जना मलाई हेर्न आउनुहुन्थ्यो ।’

यता, नायिका पूजा शर्माले पनि चलचित्रमा मिहिनेतका साथ काम गरेको भन्दै दर्शकले मन पराउनेमा ढुक्क रहेको बताइन् । उनले हाँस्दै भनिन्–‘मैले कुरा नकाट्ने भनेको गायक सुगम पोखरेलको मात्र हो ।’ उनले यसो भन्दै चलचित्रमा समावेश ‘भन्छु आज’ बोलको गीत गाएकी थिइन् । असार ३० गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । कार्यक्रममा गायक सुगम पोखरेल, प्रमोद खरेल र संगीतकार अर्जुन पोखरेलले चलचित्रका गीत गाएका थिए ।

सांगीतिक माहोल रहेको कार्यक्रममा निर्देशक थापाले भने–‘मैले यो चलचित्र अघिल्ला चलचित्र भन्दा एक कदम माथि नै बनाउने कोशिश गरेको छु ।’ चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नवि मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा संजय लामाको छायांकन, प्रितम पाण्डेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

सुदर्शन र पूजाले मिलेर बनाएको चलचित्रमा सुदर्शन र दिनेश न्यौपानेको पटकथा तथा संवाद छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो