‘लाल्टिन’को आक्रामक सुरुवात, अधिकांश हल हाउसफुल


Filmy Kura, Jun 9, 2017 at 7:30 pm

आजबाट प्रर्दशनमा आएको चलचित्र ‘लाल्टिन’ले आक्रामक सुरुवात गरेको छ । काठमाडौँका सबै जसो हल र उपत्यका बाहिर गरेर करिब ८० वटा हलमा प्रर्दशन भएको ‘लाल्टिन’ले दर्शकको उत्साहजनक प्रतिक्रियासंगै सुखद ब्यापारको सुरुवात गरेको छ ।
काठमाडौँको क्युज, बिग मुभिज, बि.यास. आर मुभिज लगायतको हल हाउस फुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र हेर्ने दर्शकबाट राम्रो प्रतिक्रिया आएको कारण भोलि शनिबार थप उत्साहजनक उपस्थिति रहने अनुमान गरिएको छ । दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतको अभिनय रहेको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीको संयुक्त लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो