शनिबार पनि हाउसफुल ब्यापार गर्दै ‘लाल्टिन’, मल्टिप्लेक्समा शो थपिदैं


Filmy Kura, Jun 10, 2017 at 7:56 pm

हिजो अर्थात् जेष्ठ २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र ‘लाल्टिन’ले आज शनिबार थप उत्साहजनक ब्यापार गरेको छ । निकै ठुलो प्रचारप्रसारका साथ प्रर्दशनमा आएको चलचित्रले शुक्रबारबाट नै आक्रामक ब्यापार सुरु गरेको थियो ।

शनिबार काठमाडौँ र उपत्यका बाहिरका थप हलहरुमा चलचित्रले हाउसफुल ब्यापार गर्न सफल भएको छ । दर्शकबाट चलचित्रको राम्रो प्रतिक्रिया आएको र माग अत्याधिक रहेका कारण काठमाडौँका हलहरुमा थप शोहरु थपिने हल संचालकले बताए । शुक्रबार र शनिबार दर्शकले राम्रो प्रतिक्रिया दिएको कारण आइतबारबाट अझै दर्शकहरु हल आउने कुरामा निर्माण पक्ष ढुक्क देखिन्थे । देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो