पहिलो दिनमै सुशील र स्यारोनको प्रेम छरपष्ट, आधा लाख बढीले हेर्दा यस्तो प्रतिक्रिया


Filmy Kura, Jun 13, 2017 at 12:03 pm

अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री स्यारोन श्रेष्ठको प्रेम पहिलो दिनमै छरपष्ट भएको छ । अर्थात ‘सायद २’ मा समावेश पहिलो प्रेम बोलको गीतलाई एक दिनमा आधा लाख भन्दा बढी दर्शकले हेरेर विभिन्न खालका प्रतिक्रिया पोस्टेका छन् ।

सर्वप्रथम त गीत हेर्नेले समग्र भिडियोलाई लिएर नाइस भन्ने वर्ड यूज गरेका छन् । कतिपयले भने फिल्मको पर्खाइमा रहेको भन्दै कमेन्ट गरेका छन् । एकजना दर्शकले भने यो गीत हेर्दै गर्दा गलफ्रेन्डको याद आएको लेखेका छन् । पहिलो प्रेम भूल्न गाह्रो हुन्छ भन्ने कुरामा भने प्राय सबै दर्शक सहमत भएको प्राप्त प्रतिक्रियाबाट पाउन सकिन्छ ।

दुर्गिश फिल्मस्को व्यानरमा सुनिल रावल निर्मित ‘सायद २’ को यो प्रेम भावले भरिपूर्ण गीतमा शब्द, संगीत तथा स्वर सुगम पोखरेलको रहेको छ । विक्रम स्वारको कोरियोग्राफी समावेश यस गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास निर्माण यूनिटको रहेको छ । असार ३० गतेबाट देशका अधिकांश हलमा लाग्ने यस फिल्मको जापान प्रिमियर भइसकेको छ । चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल लगायतका कलाकारले अभिनय गरेका छन् ।

एउटा गजब्बको कुरा त के छ भने निर्माता रावल यता फिल्म रिलिज हुन झण्डै एक महिना बाँकी हुँदा अर्को फिल्म ‘लाउरे’ सुटिङमा व्यस्त छन् । सुटिङमा जानू कि ‘सायद २’ को पब्लिसिटी डिजाइनमा बस्नु उनलाई भ्याई नभ्याई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो