जेठ २६ रिलिज लाल्टिनले कति छर्न सक्यो प्रकाश ? यस्तो छ बक्स अफिस रिपोर्ट


Filmy Kura, Jun 13, 2017 at 12:16 pm

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाल्टिन’ले दर्शकबाट राम्रो साथ पाएको छ । देब कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘लाल्टिन’ले आइतबार सम्म उपत्यका र मोफसलमा गरि १ करोड, २० लाख भन्दा बढिको ब्यापार गरेको छ ।

शुक्रबार उपत्यकामा १५ लाख र मोफसल ९ लाखको कमाई गर्दै ओपनिङ गरेको थियो । त्यसैगरी , चलचित्रले काठमाडौँमा शनिबार ३८ लाख र आइतबार २० लाखको कमाई गरेको छ भने मोफसलमा शनिबार २२ लाख र आइतबार १३ लाखको कमाई गरेको थियो । धेरै जसो हलमा चलचित्र हाउसफुल रहेको निर्माता भानु प्रतापले बताए । ‘काठमाडौँ लगायत मोफसलका धेरै जसो हलहरुमा दर्शकको चाप राम्रो छ । ’ उनले बताए । काठमाडौँभित्र हुने अपराधिक क्रियाकलापको अखडा र त्यसले निम्तिने परिस्थितिलाई चित्रण गरेको ‘लाल्टिन’मा दयाहाङ राई, प्रियका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो