स्थानीय निर्वाचनले रिलिज पोष्टपोण्ड भएको रोमियो कात्तिक १७ मा लाग्ने


Filmy Kura, Jun 13, 2017 at 12:57 pm

वैशाख २९ गते रिलिज हुने भनिएको चलचित्र ‘रोमियो’लाई स्थानिय निर्वाचनले असर ग¥यो । वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनकै कारण यसको प्रदर्शन मिति सारिएको थियो ।

वैशाख २९ गतेबाट पछाडि हटेको यो चलचित्र अब भने कात्तिक १७ गतेबाट रिलिज हुने भएको छ । निर्माता तथा नायक हसन खानले दिएको जानकारी अनुसार, वितरण कम्पनी एफडीसग सल्लाहा गरेर कात्तिक १७ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको हो । अब, यो डेटबाट चलचित्र पछि नसर्ने हसनले स्पष्ट पारे । उनले भने–‘हामीले वैशाख २९ गते नै रिलिज गर्ने तयारी गरेका थियौ । तर, स्थानिय निर्वाचनका कारण चलचित्रको प्रदर्शन मिति सार्नुप¥यो । अब, कात्तिक १७ मा चलचित्र रिलिज हुन्छ ।’

शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो