पत्रकारको कलम चलाउने शैलीलाई लिएर अभिनेता विराज भट्टको गुनासो


Filmy Kura, Jun 13, 2017 at 1:20 pm

विराज भट्ट नेपाली चलचित्रलाई कुनै समय धानेका नायक । एक्सन हिरोको राम्रो छवि बनाएका विराज हाल काठमाडौंमा छन् । नेपाली फिल्म क्षेत्रमा राम्रो स्थान बनाएका विराज आफूलाई अपग्रेड गर्नका लागि भोजपुरी सिनेमा तर्फ लागिपरे । त्यसपछि पत्रकारले उनको विषयमा जून खालका समाचार लेखे त्यसलाई लिएर उनले गुनासो गरेका छन् । लाजिम्पाटमा रहेको होटल साङ्ग्रीलामा भेटिएका विराजले पत्रकारको कलम चलाउने शैलीलाई लिएर मुख खोलेका छन् ।

बायाँबाट मोडल दीपक घिमिरे, बीचमा विराज भट्ट र दायातर्फ पत्रकार सन्दिप सापकोटा

उनले भने, ‘कुनै पनि नेपाली कलाकार बाहिर गएर आफ्नो प्रतिभा देखाएर सबैमाझ चिनिन्छ भने त्यसलाई किन खराब रुपमा लिने ? मलाई त पत्रकारले लेखेको देख्दा पनि अचम्म लाग्छ । भोजपुरीमा भासियो रे । के रे । त्यसलाई भासिएको भन्दैन एक खुड्किला भए पनि माथि उक्लिएको भन्छन् ।’ हासो र ठट्टा गर्दा गर्दै आक्रोशित देखिएका विराजले त्यस्ता समाचार लेख्नेलाई जवाफ फर्काइ रहन आफू सँग पर्याप्त समय नभएको टिप्पणी गरे । उनले नेपाली कलाकार विराज भोजपुरी गएकोमा प्राउड फिल गर्नु पर्ने बताए । पत्रकारले सोध्दै नसोधी मनोमानी तरिकाले न्यूज लेख्ने गरेका कारण अचेल अन्तर्वार्ता समेत दिन मन लाग्न छोडेको विराजको भनाइ थियो ।

भोजपुरी फिल्ममा पनि राम्रो स्थान बनाएका विराज ५ वर्षको ग्याप पश्चात ‘जय पर्शुराम’ मार्फत गएको साल नेपाली दर्शकमाझ प्रस्तुत भएका थिए । तर उक्त चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । उनले कतिपय निर्माता निर्देशकले फिल्म साइन गराएर भागेको घटना समेत स्मरण गर्दै त्यो अवस्थाका कारण पनि भोजपुरी तिर लाग्नु परेको भनाइ राखे । तथापी उनले नेपाली कला क्षेत्र नै आफ्नो कर्मथलो भएको भन्दै साउन अन्तिम साताबाट नेपाली फिल्मको सुटिङमा जाने बताएका छन् । तर उक्त फिल्मको नाम हाललाई गोप्य नै राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो