के प्रेमगीत २ का निर्माता सन्तोष भिलेन बनेकै हुन् त ?


Filmy Kura, Jun 14, 2017 at 12:58 pm

सन्तोष सेन यो नाम फिल्म क्षेत्रमा धेरै सुनिएको नाम हो । तर उनलाई आम दर्शकले आजका दिन सम्म निर्माताको रुपमा मात्र चिन्दै आइरहेका छन् ।


यतिमा मात्र सेन सन्तुष्ट नभएको ‘प्रेमगीत २’ का एक्सक्लुसिभ तस्बिर बाहिरिएपछि हामीले पाएका छौ । चन्द्र भूजेलको फेसबुकबाट आउट भएको फिल्मको क्लाइमेक्स तस्बिर हेर्दा सन्तोष सेन फिल्म भित्र कतै भिलेनको रुपमा त छैनन् भन्ने प्रश्न उब्जिएको छ । अभिनेता प्रदीप खड्का सँग बक्सिङ गरिरहेका सेन रियल लाइफमा भिलेन नभई रिलमा भिलेन बनेका हुन् ।


कला पारखी सेन स्तरिय फिल्म मेकिङमा कम्परमाइज नगर्ने निर्मातामा पर्छन् । यस अघि ‘प्रेमगीत’ बाट उल्लेख्य दर्शकको आत्मीय साथ पाएका सेनले यो पटक सिक्वेलमा पनि उस्तै माया पाउने विश्वास लिएका छन् । प्रदीप खड्का र अश्लेषा ठकुरीको शीर्ष भूमिका रहेको ‘प्रेमगीत २’ आउदो श्रावण १३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । प्रेमकथानक यस फिल्मलाई रामशरण पाठकले लेखन तथा निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो