म कसैलाई टक्कर दिन र चक्कर चलाउन आएको होइन : अभिनेत्री रेखा


Filmy Kura, Jun 14, 2017 at 6:01 pm

फिल्म क्षेत्रमा आउनु पूर्व कतिपयले यसलाई रंग रमाइलोको माध्यमका रुपमा लिने गरेका छन् । करिअर नै यसमै देखेरे आउने त सायदै होलान् । लहैलहैमा आउनेको भिड बाक्लै छ यस क्षेत्रमा ।

यसैबीच कला क्षेत्रमा आफ्नो अभिनय क्षमताले दर्शकको मन जित्न सकिन्छ कि भन्ने हेतुले एक अभिनेत्री रेखा फागो दुई वर्ष अघि फिल्म क्षेत्रमा प्रवेश गरिन् । तर विडम्बना उनले डेव्यू गरेको फिल्म ‘तारेभीर’ रिलिजमा केही ढिला हुन गयो । तथापी दुई वर्ष पश्चात आफूले डेव्यू गरेको फिल्म यहि असार २ देखि हल लाग्ने कुराले उनी धेरै खुसी छिन् ।


नयाँ अनुहार भएकाले अचेल उनको थुप्रै मिडियाकर्मी सँग अन्तरसंवाद भइरहेको हुन्छ फिल्मलाई लिएर । ‘तारेभीर’ कि नायिका रेखा सँग नम्वर वान नायिका रेखा थापाको नाम मिल्न जादा कतिपय त झुक्किने समेत गरेका छन् । यहि कुरालाई लिएर फिल्मीकुराले उनी सँग नाम जुध्यो के अब तपाई रेखा थापा सँग टक्कर दिन तयार हुनुहुन्छ भन्ने प्रश्न गरेको थियो । जवाफमा रेखा बोेलिन, ‘म यो क्षेत्रमा कसैलाई टक्कर दिन आएको होइन । उहाँ त झन रेस्पेक्टेड पर्सन हुनुहुन्छ । रेखा दिदी सँग टक्कर म यो सोच्न पनि सक्दिन ।’ त्यसो त यो उमेरमा नारीलाई धेरैले आखा लगाउने भएकाले कतै तपाईको चक्कर त चलिराको छैन भन्ने रमाइलो प्रश्नमा उनले रमाइलै जवाफ फर्काइन् । उनले थपिन्, ‘न म टक्कर दिन आएको हुँ न त चक्कर चलाउन ।’ जे होस् फिल्म प्रति निकै डेडिकेट देखिएकी रेखाले ‘तारेभीर’ मा आफू एक्सन भूमिकामा रहेको बताइन् । उनले सामाजिक कथावस्तुमा आधारित यो फिल्म हेरेर मात्र कमेन्ट गरिदिन दर्शकलाई आग्रह गरिन् । राम्रो नराम्रो जस्तो भएपनि मनबाट भनिदिन उनको अनुरोध दर्शकलाई थियो ।

यता फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा छोटो पहिरनका कारण कुनै समय देखा थापा भनेर आलोचित भइरहदा रेखा फागो भने यस्ता स्क्यान्डलबाट कतिको दुर रहन्छिन् हामी भोलिको दिनमा फिल्मीकुराको पाठकलाई अवगत गराउने नै छौ । जे होस् रेखा फागो सँगै चलचित्र ‘तारेभिर’ मा विष्णु चेमजोङ र नविन कार्कीको मुख्य भूमिका रहेको छ । प्रहरी प्रशाशनको काम र कर्तव्य माथि जोड दिएको यस फिल्ममा लगानी देउ कृष्ण देवानले गरेका छन् । दुई दशक भन्दा लामो समय अभिनय र निर्माणमा सक्रिय प्रेम सुब्बाले यस फिल्मको निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो