तीन वर्ष पछि शोभित बस्नेतलाई आफ्नै छोरा सलोनको भर, गरियो बाबुकान्छाको शुभमुहर्त


Filmy Kura, Jun 15, 2017 at 6:16 pm

पाठकलाई याद दिलाउ आज भन्दा झण्डै तीन वर्ष अघि बानेश्वरमा रहेको एभरेष्ट होटलमा निर्देशक शोभित बस्नेतले आफ्नै निर्देशन रहने गरी एक फिल्मको निर्माण घोषणा गरे । तर त्यति भव्य तरिकाले निर्माण घोषणा गरिएको फिल्म सुटिङ सुरु नहुँदै तुहियो निर्माता फरार भएर । त्यसपछि उनी रिजर्भ जस्तै बसे । उनै शोभित तीन वर्षको वर्क आउट पछि ‘बाबुकान्छा’ फिल्म निर्देशन गर्न कस्सिएका छन् ।

उक्त फिल्मको बिहीबार राजधानीमा अवस्थित सिने डि सेफ हलमा पत्रकार सम्मेलन गरी शुभमुहर्त गरिएको छ । छोरा सलोन बस्नेतको नाममा व्यानर खडा गरी शोभितले आफ्नै लेखन तथा निर्देशनमा यो फिल्म बनाउन लागेका हुन् ।

सलोनका सहपाठी कलाकार भेला गराई मुहर्त गरिएको यस फिल्ममा दुई जना नयाँ अनुहारले समेत डेव्यू गर्दैछन् । कलाकारको हकमा सलोन बस्नेत, ऋतिक शाही, करिष्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय सङ्ग्रौला, गीता अधिकारी, सुशान्त अधिकारीको अभिनय रहनेछ । यसै फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्श्ना महर्जनले फिल्मी यात्रालाई अगाडि बढाउदैछन् । स्मरण रहोस् सलोन र करिष्मा हाल रिलेशनसिपमा रहेका छन् ।


तीन वर्षको अन्तराल पछि निर्देशक शोभित ब्लकबस्टर हिट ‘कर्णविर’ को झल्को दिने प्रकारले यो फिल्म तयार गर्ने सोचमा रहेका छन् । ‘बाबुकान्छा’ को चरित्रमा सलोनले अभिनय गर्नेछन् । छोरा निर्माता बाबु निर्देशक रहने यो फिल्मलाई बाबु श्रेष्ठले खिच्नेछन् । त्यसो त लामो समय देखि रंग पत्रकारिता गर्दै आइरहेका रवि अधिकारीले कार्यकारी निर्माताको भार सम्हालेका छन् यस फिल्ममा । कुनै समय संख्यात्मक रुपमा धेरै फिल्म निर्देशन गरी स्तरियतामा ध्यान नदिएको भन्ने आरोप लाग्ने गरेका शोभित यस पटक कतिको सफलसिद्ध होलान् त्यो त फिल्म रिलिज पश्चात मात्र यकिनका साथ भन्न सकिन्छ ।

समारोहमा चलचित्र राम्रो बनोस् भनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छविलाल जोशीले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो