रुन्चे प्रेममा यति धेरै चेन्जेज्, गीतलाई आफ्नो बनाउन लगाए ज्यानको बाजी (भिडियो)


Filmy Kura, Jun 19, 2017 at 3:25 pm

चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर रिलिज गरिएको छ । पार्ट वानमा रुन्चे देखिएका प्रेम उर्फ कलाकार प्रदीप खड्का सिक्वेलमा भने गीतलाई आफ्नो बनाउन ज्यानको बाजी लगाएर प्रस्तुत भएका छन् ।

गीतको चरित्र नवअभिनेत्री अश्लेषा ठकुरीले निभाएकी छिन् । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी ट्रेलर आउट गरिएको कार्यक्रममा निर्देशक, निर्माता तथा शीर्षद्धय कलाकार उपस्थित थिए ।

फिल्मका लेखक तथा निर्देशक रामशरण पाठकले यो चलचित्र नेपाल, थाइल्याण्ड र म्यानमारको रोमान्चकारी प्रेम यात्रा रहेको बताए । ‘प्रेमगीत २’ मा कथावस्तु अनुरुप द्धन्द्धका दृश्य केही हाबी रहेको उनले स्विकार गरे । त्यसो त हरेक प्रेमको पछाडि द्धन्द्ध मिसिने कुरा उनले अवगत गराएका थिए । यता फिल्मलाई लिएर निर्माता सन्तोष सेनले यो पटक दर्शकले आफूलाई फिल्म हेरेपछि सराप्ने ठोकुवा गरे । आखिर किन त ? उनले थपे, ‘कथाले मागेपछि निर्देशक पाठक सरले मलाई एउटा रोलमा प्ले गराउनु भएको छ । हिरोलाई मर्ने गरी मैले कुटेको छु फिल्म भित्र । सायद फिल्म हेरेपछि सराप्नु हुन्छ होला दर्शकले ।’

उता फिल्मका शीर्ष कलाकार प्रदीप खड्का र अश्लेषा ठकुरीले सञ्चारकर्मीको जिज्ञासा माथि रहेर जवाफ फर्काएका थिए । फिल्म माथि रहेर बोल्दै प्रदीपले भने, ‘पार्ट वानको रुन्चे प्रेममा धेरै चेन्जेज् आएको छ । पहिला प्रेमका लागि स्याक्रीफाइस मात्र गरेको देख्नु भएको थियो पार्ट टुमा अझ विशेष छ । दर्शकलाई मन पर्नेछ ।’ गीतको चरित्र निर्वाह गरेकी नवअभिनेत्री अश्लेषा ठकुरीले ट्रेलर आउट भएसँगै दर्शकबाट आउने हर रेस्पोन्सको आफू वेटमा रहेको बताइन् ।

सांगीतिक प्रेमकथामा निर्माण भएको ‘प्रेमगीत २’ आगामी श्रावण १३ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रको गीतमा संगीत कल्याण सिंह र एलिश कार्कीले दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो