२४ घण्टामा प्रेमगीत २ ट्रेलरलाई ३ लाख पटक बढी हेरियो, ट्रेन्डिङको दोस्रो स्थानमा भिडियो


Filmy Kura, Jun 20, 2017 at 5:58 pm

साउन १३ रिलिज प्रेमकथानक चलचित्र ‘प्रेमगीत २’ ट्रेलरले २४ घण्टामा ३ लाख भन्दा बढी भ्यूज् बटुल्दै रेकर्ड कायम गरेको छ । युट्युवमा राखिएको १ दिनमा ३ लाख १९ हजार पटक हेरिएको यो भिडियो अहिले नेपाल ट्रेन्डिङको दोस्रो स्थानमा रहेको छ ।

ट्रेलर हेर्ने प्रायले मन परेको प्रतिक्रिया दिएका छन् तर भिडियो लाइककर्ता ९ हजार हुँदा यसलाई डिसलाइक गर्नेको संख्या १२ हजार पुगेको छ । कमेन्ट राम्रै पाएको ‘प्रेमगीत २’ ट्रेलरलाई किन यति धेरै डिसलाइक गरियो त भन्ने कुरामा निर्माण यूनिट समेत सशंकित बनेको छ । रामशरण पाठक लिखित निर्देशित यस चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो