फिल्म लागेको चौथो दिनमा तारेभीरको मनछुने गीत युट्युव रिलिज


Filmy Kura, Jun 20, 2017 at 6:31 pm

असार २ बाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘तारेभीर’ को अर्को मनछुने गीत युट्युवमा रिलिज गरिएको छ । फिल्म लागेको चौथो दिनमा युट्युव मार्फत रिलिज गरिएको गीतमा स्वर विष्णु चेमजोङ, संगीत सनुप पौडेल तथा शब्द प्रेम सुब्बाको रहेको छ ।

त्यसो त आम नेपालीको चासो २ गतेबाट नै प्रदर्शनमा आएका दुई चलचित्र ‘तारेभीर’ र ‘किड्न्याप’ मा कुन राम्रो रह्यो भन्ने रहेको छ । कुरा नचपाई भन्ने हो भने संख्यात्मक रुपमा हल बढी पाउँदा ‘तारेभीर’ ले धेरै राहत पाएको छ । उता हल संख्या थोरै मात्र पाएको ‘किड्न्याप’ ले फिल्म अवधि भर दर्शकलाई बाधेर राख्न चुकेको छ । सुटुक्क हल आएको यो फिल्म कतिबेला उत्रियो स्वयम निर्मातालाई समेत थाहा छैन । हुन त नेपालमा बक्स अफिसको यथेष्ट व्यवस्था नहुँदा ‘तारेभीर’ ले हाल सम्म यति नै कलेक्शन ग¥यो भनेर किटानीका साथ भन्न गाह्रो छ तथापी निर्माण यूनिटले सन्तोषजनक व्यापार गरेको खबर फिल्मीकुरालाई गरेका छन् । आउने शुक्रबार बलिउड फिल्म ‘ट्युवलाइट’ रिलिज हुँदा कुनै पनि नेपाली चलचित्र लगाउने हिम्मत हाम्रा निर्माता निर्देशकले गरेका छैनन् । यसर्थ आउने शुक्रबारको फाइदा ‘तारेभीर’ ले उठाउन सक्ने आंकलन गरिएको छ ।

ख्याल रहोस् देउ कृष्ण देवान निर्मित यस फिल्मलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् । चलचित्रमा विष्णु चेमजोङ, नविन कार्की र रेखा फागोले प्रमुख भूमिका निभाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो