पल र पूजालाई लभ कै चिन्ता (भिडियो सहित)


Filmy Kura, Jun 20, 2017 at 6:49 pm

‘किन आजकाल तिम्रो मन मैलो भो, फेरि हाम्रो लभ पर्ने कहिले हो ?’ गीतकार अम्बिका शर्माको शब्दमा चर्चित युवा संगीतकार अर्जुन पोखरेलको संगीत तथा स्वर समावेश यो गीत हो ‘म यस्तो गीत गाउँछु’ को । अडियो नै हिट भइसकेको यो गीतको भिडियो मंगलबार युट्युव मार्फत रिलिज गरिएको छ ।

पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्ममा गीत संगीतको पार्ट निकै सशक्त बनेको छ । हाल गीत र सार्वजनिक ट्रेलरले धेरै दर्शकको ध्यान तानेको यो फिल्मलाई असार ३० बाट हेर्न पाइनेछ । लभस्टोरी चलचित्र निर्देशनमा माहिर ठहरिएका सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ निर्देशन गरेका हुन् । यो पटक उनको निर्देशन मात्र होइन फिल्ममा लगानी समेत रहेको छ । सुदर्शन र नायिका पूजाले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

सार्वजनिक गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो