के विवाह पछि फिल्म मै सक्रिय होलिन् निशा ? असार १६ मा बाँधिदैछ लगनगाठो


Filmy Kura, Jun 25, 2017 at 1:12 pm

त्यसो त विवाह पश्चात अधिकांश नायिकाको फिल्मी यात्रा समाप्त हुने गरेको पाइन्छ । कतिपय भने पारिवारिक सहमतीमा पुन फिल्म मै फर्केका उदाहरण पनि छन् । यसैबीच नायिका निशा अधिकारीले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछिन् ।

आउँदो असार १६ गते क्रिकेटर शरद भेषावकर सँग उनको विवाह हुँदैछ । बीचमा प्रेम सम्बन्धमा केही खटपट आएको भनिए पनि अन्तत यी दुईले प्रेमलाई विवाहमा रुपान्तरण गर्न लागेका हुन् । यतिबेला आम चासो भने के विवाह बन्धनमा बाधिएपछि निशा फिल्म मै सक्रिय होलिन् त ? भन्ने रहेको छ । बुझिए अनुसार फिल्म विषय नै अध्ययन गरेकी निशाले विवाह पछि पनि यसै क्षेत्रमा आफूलाई समाहित गराउने छिन् ।

हुन त विवाहित नायिकालाई मेजर रोल भन्दा सहायक रोलमा बढी खेलाउने गरेको थुप्रै उदाहरण छन् । पछिल्ला केही दृष्टान्त पेश गर्ने हो भने नायिका रेजिना उप्रेती, हर्षिका श्रेष्ठ लगायत विवाह पश्चात गुमनाम जस्तै छन् । यद्धपि यी दुईले फिल्म मेकिङ गर्ने भने गाइगुई सुन्नमा आएको छ । जे होस् विवाहको तयारीमा रहेकी निशालाई फिल्मीकुराको तर्फबाट हार्दिक शुभकामना ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो