ट्युवलाइटको आमुन्ने सामुन्ने लाल्टिन, प्रायोरिटीमा सलमान भन्दा दयाहाङ : अनिम श्रेष्ठ


Filmy Kura, Jun 25, 2017 at 6:18 pm

त्यसो त गत शुक्रबार हाम्रा चलचित्रकर्मीले नयाँ नेपाली सिनेमा रिलिज गराउने हिम्मत गर्न सकेनन् । त्यसको एकमात्र कारण थियो बलिउड अभिनेता सलमान खान स्टारर चलचित्र ‘ट्युवलाइट’ ले नेपाली हलमा प्रवेश पाउनु । तर नेपाली मार्केटबाट करोडौ रुपैयाँ लाने गरेको हिन्दी सिनेमामा यो पटक भने ‘ट्युवलाइट’ कमजोर साबित भएको छ । यो चलचित्रले त्यो प्रकारको उधुम मच्चाउन नसक्दा केही चलिरहेका नेपाली फिल्मलाई भने प्रत्यक्ष फाइदा पुगेको छ ।

अझै पनि राजधानी तथा मोफसलका कतिपय हलमा जेठ २६ रिलिज चलचित्र ‘लाल्टिन’ तेस्रो सातामा पनि सफलताको साथ प्रदर्शन भइरहेको छ । चलचित्रका निर्माता मध्येका एक अनिम श्रेष्ठले राजधानीमा रहेको गोपीकृष्ण हलमा सलमान खान स्टारर ‘ट्युवलाइट’ ले भन्दा दयाहाङ राई स्टारर ‘लाल्टिन’ ले राम्रो व्यापार गरेको बताए । चितवनबाट बिहानै फिल्मीकुरा सँग टेलिफोन संवादमा जोडिदै उनले थपे, ‘बलिउड फिल्मले धमाका मच्चाउने नेपाली सिनेमा बजारमा यो पटक ट्युवलाइटले पर्याप्त मात्रामा उज्यालो छर्न नसकेको क्रिटिक्सबाट सुनिरहेको छु । मलाई गर्व छ नेपाली दर्शकले प्रायोरिटीमा सलमान भन्दा दयाहाङलाई राखेकोमा । त्यो भन्दा बढी त लाल्टिनले उज्यालो छरिहेको छ ।’ उनले सिंगल थिएटरमा अझै पनि लाल्टिन हेर्न दर्शक आइरहेको बताएका छन् । आफ्नो पहिलो निर्माण रहेको फिल्मले यतिको व्यापार गर्दा खुसी लागेको निर्माता अनिमले फिल्मीकुरालाई बताए । ग्याङस्टार जनराको यस चलचित्रमा दयाहाङ राईको अलवा प्रियंका कार्की, राज कटुवाल, निर्जन थापा, अर्जुन जंग शाही लगायतका कलाकारले अभिनय गरेका छन् ।

ख्याल रहोस् अनिम सँगै चलचित्रमा भानु प्रताप र राज केसीको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो