सायद २ दोस्रो ट्रेलर रिलिज, कुमारीको लागि यस्तो लडाई (भिडियो)


Filmy Kura, Jun 25, 2017 at 7:44 pm

चलचित्र ‘सायद २’ को दोस्रो ट्रेलर युट्युव मार्फत रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा मन छुने संवाद समावेश गरिएका छन् । युवा पुस्ताका दर्शकलाई लक्षित यस फिल्मलाई पुष्पराज न्यौपानेले लेखन तथा निर्देशन गरेका हुन् ।

दुर्गिश फिल्मस्को व्यानरमा सुनिल रावल निर्मित यस चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला लगायतका कलाकारले अभिनय गरेका छन् । मेकिङमा सुनिलले इश्वर श्रेष्ठ र सुभाष लामिछाने सँग सहकार्य गरेका छन् । असार ३० रिलिज यस चलचित्रलाई निर्माता रावलले यो पटक भिन्न तवरले प्रचार प्रसार गरिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु अचेल ‘सायद २’ मय भएको छ भन्दा फरक पर्दैन । निर्माण यूनिटले हाल प्रोफाइल पिक्चर सायद अंकित लोगो अभियान नै चलाएको छ । आफ्नो प्रोफाइल सायद अंकित लोगो राख्नेबाट अन्तिममा दुई जनालाई पोखरा ट्रिपको समेत व्यवस्था सायद यूनिटले गरेको छ । यिनै यिनै कारणले प्रचार अभियान एकातिर सशक्त बन्दै गइरहेको छ भने अर्कोतिर कलाकार मिडिया माझ पुगेर फिल्मको विषयमा अवगत गराइ रहेका छन् । यस अघि ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’बाट व्यवसायिक सफलताको स्वाद चाखेका सुनिल चौथो पटक कतिको सफल सावित होलान् असार ३० पछि हामी फिल्मीकुराका पाठकलाई जस्ताको त्यस्तै जानकारी गराउने नै छौ ।

हेर्नुस यस्तो छ ‘सायद २’ दोस्रो ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो