चुनावी प्रचार भन्दा कम देखिएन सायद २ प्रचार, चोक चोक र गल्ली सम्म पोष्टरै पोष्टर


Filmy Kura, Jun 27, 2017 at 7:48 pm

देशमा दोस्रो चरणको स्थानीय चुनावका लागि उमेद्धवारी दिएका राजनीतिक दलका नेताले जसरी गाउपालीका र नगरपालीकालाई सुन्दर र विकसीत बनाउने एजेन्डा सहितको चुनावी प्रचार अपनाएका छन् सोही प्रकारको झल्को यतिबेला चलचित्र ‘सायद २’ को प्रचारमा पनि देखिएको छ । उमेद्धवारी दिएका स्थानीय तहका नेता झै यो चलचित्रको यूनिट पनि प्रत्येक टोल टोल र चोक चोकमा पुगेर पोष्टर टास्ने देखि पर्चा र पम्प्लेट वितरणमा यतिबेला व्यस्त बनेको छ ।

मंगलबार फिल्मीकुरा यूनिट दुर्गिश फिल्मस्को कार्यालयमा पुग्दा निर्माता सुनिल रावल मोफसलका लागि झण्डै दश थान पोष्टर र पम्प्लेट ट्याक्सीमा लोड गरिरहेका थिए । उनले उक्त पोष्टर बिर्तामोड, बुटवल, धरान, दमक लगायतका स्थानमा प्रचारका लागि प्रयोग गर्ने हेतुले बाहिर पठाउन लागेको जानकारी दिए । त्यसो त उनले आफ्ना हरेक फिल्ममा भव्य प्रचारलाई यस अघि पनि प्राथमिकता नदिएका भने होइनन् । यो पटक भने उनले अझ फरक प्रचार शैली अपनाएका छन् । स्ट्रिट कन्सर्ट देखि पोखरा नाइट ट्रिपको योजना अघि सारेका निर्माता रावलले फिल्म चले पनि नचले पनि आफू ब्राण्डमा विश्वास गर्ने र त्यहि प्रकारको स्तर कायम गर्न यो खालको कदम चालेको फिल्मीकुरालाई जानकारी गराए ।

एक फरक प्रसंगमा उनले भने, ‘यो प्रचार देख्दा कतिले सुनिल रावल मेयरमा उठेको त होइनन् भन्ने सम्मको भान भएको रहेछ । यतिबेला मलाई मेयर मै उठे जस्तो महशुस चाहि भएको छ । कार्यकर्ताले गल्ली गल्ली पुगेर पोष्टर टासिरहेका छन् । चुनाव पछि मतपरिणामको पर्खाई झै म पनि असार ३० को रिजल्ट कुरिरहेको छु ।’ त्यसो त यस अघि ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ बाट व्यवसायिक सफलतामा ह्याट्रिक गरिसकेका रावल चौथो सफलताको स्वाद चाख्ने दाउमा रहेका छन् । यो पटक पनि सुखद परिणाम आउनेमा उनी आशावादी छन् । युवा पुस्ताका दर्शकलाई लक्षित गरी निर्माण गरिएको ‘सायद २’ मा प्रेम, प्रेम प्राप्ति पछिको मिलन र विछोडलाई देखाउन खोजिएको छ । पुष्पराज न्यौपाने निर्देशित यस फिल्ममा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठले प्रमुख भूमिका निभाएका छन् ।

ख्याल रहोस् प्रचारमा आक्रामक उत्रिएको ‘सायद २’ ले प्रोफाइल पिक्चर चेन्ज अभियान सुरु गर्न साथ यसमा धेरै व्यक्ति सामेल भएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सजिलै फिल्म अंकित लोगो सहित आफ्नो फोटो राख्न सकिने यस अभियानमा देशैभरका व्यक्ति जोडिदा निर्माण यूनिटमा थप उत्साह थपिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो