राते काइला शेरबहादुरको भेषमा देखिदै, कर्म र मेनुका रहनेछन् लिडमा


Filmy Kura, Jun 27, 2017 at 8:24 pm

‘चिनो’ फिल्मबाट राते काइलाको उपमा पाएका खल अभिनेता सुनिल थापा ‘शेरबहादुर’ को भेषमा देखिने भएका छन् । बलिउड फिल्ममा समेत राम्रो छाप बनाएका नेपाली चलचित्रका भेट्रान कलाकार थापा सहित कर्म र मेनुका प्रधान शीर्ष भूमिकामा रहने गरी चलचित्र ‘शेरबहादुर’ को मंगलबार औपचारिक निर्माण घोषणा गरिएको हो ।


बिहानी समयमा क्यामेरा पूजाआजा गर्दै यस फिल्मको शुभमुहर्त गरिएको हो । चलचित्रलाई आर राजवंशीले निर्देशन गर्नेछन् भने उनलाई निर्देशनमा ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले सघाउने छन । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मको आजैबाट छायांकन प्रारम्भ भएको छ । लामो समय क्यामेरालाई आत्मसाथ गर्दै छायांकनमा जीवन समर्पित गरेका गौरी शंकर धुजुले यो फिल्म निर्माण गर्न लागेका हुन् । निर्माणमा धुजु सँग धिरज राजवंशीले सहकार्य गरेका छन् । चलचित्रमा सुनिल थापा, मेनुका प्रधान, कर्म, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहनेछ ।

लामो समय मह संचारमा काम गरेका धुजु निर्मित यस फिल्म सफल रहोस् भनि बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, वितरक गोपालकाजी कायस्थ लगायतका व्यक्तित्वले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो