शिल्पा सशस्त्र बन्दा पर्दामा फर्किए नायक धिरेन शाक्य


Filmy Kura, Jul 2, 2017 at 2:02 pm

नायक धिरेन शाक्य पुन चलचित्रको पर्दामा फर्किएका छन् । लामो समयको ग्यापपछि धिरेन ‘वीराङ्गना’ मार्फत देखिन लागेका हुन् । सो चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमकाबीच औपचारिक निर्माण घोषणा गरिएको हो । यस फिल्ममा नायिका शिल्पा पोखरेल सशस्त्र प्रहरीको भूमिकामा रहने छिन् ।

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहुर्त कार्यक्रममा अग्रज देखि नव प्रवेशी कलाकार सम्मको उपस्थिती रहेको थियो । त्यसो त एउटा संयोग नै मान्नुपर्छ यो फिल्ममा धिरेन शाक्यदेखि सुनिलदत्त पाण्डेको साथमा अहिलेका युवापुस्ताको मन जित्न सफल कलाकार अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई सम्मको अभिनय रहनेछ ।

चलचित्रलाई यस अघि ‘वृन्दावन’ निर्देशन गरेका राज बहादुर सानेले निर्देशन गर्नेछन् । नेपालको सिमा क्षेत्रमा हुने अवैधानिक गतिविधी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सुरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीहरुले देखाउने विरताको विषयमा फिल्म निर्माण गरिने बताइएको छ । फोर्थ आइ मूभिज प्रा.लि.को व्यानरमा निर्माण हुने लागेको यस फिल्मलाई हरि घले लामाले छायांकन गर्नेछन् ।

चलचित्रमा बाबुराम दास र श्याम बहादुर थापाको लगानी रहनेछ । कविराज गहतराजको नृत्य, श्री श्रेष्ठको एक्सन रहने फिल्मको गीतमा संगीत दीपक शर्मा र पुरुषोत्तम न्यौपानेले दिनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो