चितवनको नारायणगढ तताउँदै प्रेमगीत २ यूनिट


Filmy Kura, Jul 4, 2017 at 12:17 pm

झरीको महिना तर कुनै प्रवाह छैन ‘प्रेमगीत २’ यूनिटलाई । दर्शकले समेत रुझ्दै साथ दिएपछि मोफसलका मुख्य शहर यतिबेला ‘प्रेमगीत २’ टिमको कन्सर्टले तातेको छ ।

दमौलीबाट सुरु भएको सांगीतिक यात्रा पोखरा, नेपालगञ्ज र बुटवल हुँदै मंगलबार चितवनको नारायगढ तर्फ लम्किएको छ । यस अघि विभिन्न स्थानमा भएका कन्सर्टमा फिल्मका नायक प्रदीप खड्काले नायिका अश्लेषा ठकुरीलाई बुलेट बाइकमा चढाएर मन्च प्रवेश गरेका थिए । खचाखच दर्शकको भिडमा श्रावण १३ रिलिज फिल्मको बारेमा प्रदीप अश्लेषाले आफ्ना कुरा सेयर गरेका थिए । शनिबार पानीमा रुझ्दै पोखराका स्थानीय दर्शकले यो टिमलाई साथ दिए ।


यता नेपालगञ्जमा आएर भने नायिका अश्लेषा ठकुरीले पहिरन सम्हाल्न नसकेको समाचार भाइरल बन्न पुग्यो । नाच्दै गर्दा उनले भित्री बस्त्र नै लाउन भुलेको भन्ने कुरा मुख्य चासोको विषय बन्यो । फिल्ममा समावेश गीतमा दर्शकले गजबैले कम्मर भाच्दा फिल्मका काष्ट एण्ड क्रिउमा खुसी छाएको थियो ।

यता यो प्रकारको नयाँ प्रचार शैलीले फिल्मलाई धेरै प्लस गरेको फिल्मका मेकर सन्तोष सेनले बताए । उनी दर्शकको उत्साप्रद सहभागीता देखेर दंग परे । ‘लभ जर्नी विथ प्रेमगीत २’ नाम दिइएको कन्सर्ट आज साँझ ४ः३० बजे नारायणगढमा हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो