करोड तर्फ लम्किदै म यस्तो गीत गाउँछुको गीत (भिडियो सहित)


Filmy Kura, Jul 4, 2017 at 1:24 pm

संगीत पक्ष निकै सशक्त रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को चर्चा चुलिदो छ । सांगीतिक प्रेमकथा माथि निर्माण भएको यस फिल्मको ‘भन्छु आज’ गीतलाई ५० लाख पटक भन्दा धेरै हेरिएको छ ।

करोड तर्फ लम्किदै गरेको यस गीतका शब्द रचनाकार सुदर्शन थापा हुन् । जो यो फिल्मका क्याप्टेन समेत हुन् । सुगम पोखरेल र अन्जु पन्तको सुमधुर आवाजमा तयार यस गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । असार ३० गतेबाट चलचित्र देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ । उसो त नायक पल शाह र नायिका पूजा शर्माको जोडीलाई पर्दामा हेर्न दर्शकको व्यग्र प्रतिक्षा रहेको छ । यी दुईको अलवा यो फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला लगायतको अभिनय रहेको छ ।

ख्याल रहोस् सुर्दशन र पूजाले मिलेर यो फिल्म निर्माण गरेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो