नयाँ म्यूजिक भिडियोमा श्रद्धा र आयुषको रोमान्स


Filmy Kura, Jul 4, 2017 at 2:57 pm

दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले टिभिसीमा चलेका मोडल आयुष रेग्मीसंग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ ।

फिल्मी क्षेत्रका निकै ब्यस्त कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन । “सिनेम्याटिक हिसावले राम्रो देखाउँन गरी यो भिडियो बनाएको छु जुन प्रयाशलाई दर्शकलाई रुचाईदिनु हुन्छ होला” शिशिरले भनेका छन् ।

यस्तै श्रद्धाले चाँहि म्यूजिक भिडियो खेल्दाको एक्सपेरियन्सले फिल्म अभिनयलाई थप सहयोग पुर्याउने भन्दै अफर आएका भिडियोहरु खेल्ने क्रममा यो भिडियो छनौट गरेको बताएकी छिन् । मोडल आयुष चाँहि रेड बुल, एनसेल, प्रान चिप्स ,मायोज चाउचाउ, जि ओनी मोबाईल, तथा हिमस्टार इलेक्ट्रोनिक्स अपलाईन्सेस गरी करिब एक दर्जन टि.भि.सी एड खेलेका कलाकार हुन । सार्वजनिक भिडियोमा मनिश विश्वकर्माको एकल स्वर र संगीत रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो