पललाई लाग्यो पूजाबीना जीवन शून्य, ओएसटी गीत बन्यो यस्तो (भिडियो)


Filmy Kura, Jul 4, 2017 at 3:17 pm

अभिनेता पललाई अभिनेत्री पूजा शर्माबीना जीवन शून्य शून्य लागेको छ । तर रियल लाइफमा नभई रिलमा हो । चलचित्र ‘म यस्तो गीत गाउँछु’मा समावेश ओएसटी गीत मंगलबार युट्युव मार्फत रिलिज गरिएको छ ।

प्रमोद खरेल र अन्जु पन्तको स्वर समावेश गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । असार ३० रिलिज चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । रिलिज हुन १० दिन मात्र बाँकी छँदा प्रचारलाई केही आक्रामक बनाउने तयारीमा निर्माण यूनिट रहेको छ । संगीत पक्ष मजबुत रहेको फिल्मले सांगीतिक प्रेमकथा बोल्छ ।

यस फिल्ममा पल र पूजाको अलवा सरोज खनाल, रुपा राणा लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो