प्रेमगीत २ नयाँ गीतमा अश्लेषासँग कार्टुन्ज क्रिउ (भिडियोसहित)


Filmy Kura, Jul 4, 2017 at 3:32 pm

प्रतीक्षित सिनेमा प्रेमगीत २ को गीत मोटरसाइकललाई देशमा निकै रुचाइयो । सार्वजनिक यातायात, रेडियो, क्लब, डिस्कोथेकदेखि पर्यटकीय थलोमा गीत घन्काउने र सुनाउने धेरै भेटिए ।

एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा अब चर्चित युट्युवर समूह कार्टुन्ज क्रिउ र मुख्य अभिनेत्री अश्लेषा ठकुरीले अभिनय गरेका छन् । प्रतास दास र इन्दिरा जोशीको स्वरमा उक्त नृत्य समूहका कलाकारले आकर्षक डान्स पस्किएका छन् ।

स्कटिस थिममा बुनिएको यो गीतको अघिल्लो संस्करणमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका थिए । निर्माता कम्पनी आशुसेन फिल्मसले नयाँ गीतलाई दर्शक एवं श्रोताले रुचाउन सक्ने जनाएको छ ।

रामशरण पाठक निर्देशित सिनेमा साउन १३ गते रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो