निर्माता रावलको सेटिङमा सायद २ हिरो परे अन्जान केटीको फन्दामा (भिडियो सहित)


Filmy Kura, Jul 6, 2017 at 3:13 pm

निर्माता सुनिल रावलको मास्टर सेटिङका कारण ‘सायद २’ हिरो एक अन्जान केटीको फन्दामा परेका छन् । ती सुन्दरी युवतीले आफू दार्जलिङ देखि भेट्न आएको भन्दै पटक पटक हिरो सुशील श्रेष्ठलाई फेसबुकमा किन ब्लक गरेको भनी प्रश्न गरेकी थिइन् ।

सुशीलले भने ब्लक नगरेको र आफूले नचिनेको जवाफ फर्काएका थिए । त्यतिकैमा ती केटीको दाई आएर सुशीललाई आफू मिडियामा काम गर्ने गरेको र सब मिडिया बोलाएर कर्तुत पर्दाफास गर्ने धम्कीपूर्ण भाषा बोले । माहोल खराब हुँदै गयो । तीन जनाबीचको चर्काचर्की नियाली रहेका निर्माता रावल माहोल साम्य पार्न त पुगे । तर सकेनन् । झण्डै हात हालाहालको स्थिती बनिसकेको थियो तर अन्तिममा सुशीललाई ती केटाले प्राङ्क गरेको बताएपछि माहोल हासोमा परिणत भयो ।

असार ३० रिलिज यस फिल्मले प्रचारको विभिन्न रणनीति अबलम्बन गरिरहदा प्राङ्क गरेर अर्को चर्चा बटुलेको छ । त्यसो त ‘सायद २’ चलचित्रका फ्यानहरुले अहिले प्रमोशनल भिडियो समेत बनाएका छन् । युवापुस्ता लक्षित चलचित्र रिलिज हुँन मात्र ८ दिन बाँकी छदा सबैतिर पोष्टर टास्ने काम सकिसकेको छ ।

देशव्यापी रुपमा आक्रामक प्रचार गरेको फिल्मले सकारात्मक रिजल्ट दिनेमा निर्माण संस्था दुर्गिश व्यानर ढुक्क रहेको छ । सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठको चलचित्रमा मुख्य भूमिका रहेको छ । ख्याल रहोस् पुष्पराज न्यौपाने चलचित्रका लेखक तथा निर्देशक हुन् । प्रचारकै कुरा गरिरहदा ‘सायद २’ का निकै रमाइला ट्रोल समेत बनेका छन् । जून फेसबुकमा भाइरल छन् यतिबेला ।

हामीले केही ट्रोल तल राखेका छौ । हेरेर माइन्ड फ्रेस गर्नुहोला ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो