निर्णायक र प्रतिस्पर्धीले नेपाल आइडलमा प्रेमगीत २ गीत एकसाथ गाएपछि…(भिडियो सहित)


Filmy Kura, Jul 6, 2017 at 3:39 pm

यतिबेला ‘प्रेमगीत २’ को प्रचार उत्कर्षमा छ । काँचको पर्दादेखि सडकसम्म यो रोमान्टिक ड्रामाले आफूलाई अब्बल तुल्याउँदैछ । अहिलेको सर्वाधिक टीआरपी भएको टीभी सो नेपाल आइडलमा समेत यसको चर्चा र भूमिका देखिएको छ ।

चर्चा हुनुमा दुई कारण छन् : पहिलो फिल्मका पाश्र्वगायक प्रताप दास प्रतिस्पर्धी हुन् भने गायिका इन्दिरा जोशी निर्णायक । यी दुई एलिस कार्कीद्धारा संगीतबद्ध क्लब गीत मोटरसाइकलमामा स्वर दिएका छन् जुन यतिबेला देशव्यापी हिट भैरहेको छ । दोस्रो : गायक दासले एक मुख्य राउन्डमा फिल्मको उक्त गीत गुनगुनाएर निर्णायकको मन जिते । उक्त गीतका सक्कली गायक समेत दास नै हुन् । यी कारणले नेपाल आइडल र प्रेमगीत २ पर्याय नै बनेका छन् । दासले प्रेमगीत एकमा कभर गीत पनि गाएका थिए ।

‘खासगरि, नेपाल आइडलले फिल्म र संगीत पक्षलाई बल मिलेको छ’ संगीतकार कार्कीले हौसिँदै भने, ‘प्रतापजी र इन्दिराजीको जुगलबन्दी पनि फिल्मको सशक्तता हो ।’ रोचक कुरा त, दासले नेपाल आइडल मंचमा गायकी पस्किँदा आफूलाई थाम्न नसकेर इन्दिराले समेत गाउन भ्याएकी थिइन् ।

प्रेमगीत २ साउन १३ गते देशव्यापी रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो