ट्रेन्डिङमा ग्याङस्टार ब्लुज ट्रेलर, एक दिनमा झण्डै दुई लाख पटक हेरियो भिडियो


Filmy Kura, Jul 6, 2017 at 4:08 pm

बुधबार रिलिज गरिएको चलचित्र ‘ग्याङस्टार ब्लुज’को ट्रेलर नेपाल युट्युव ट्रेन्डिङको आठौ स्थानमा पर्न सफल भएको छ । एक दिनमा चलचित्रको ट्रेलरलाई झण्डै दुई लाख पटक हेरिएको छ ।

फिल्म निर्देशनमा सफल कहलिएका हेमराज बिसी निर्देशित यस फिल्ममा आशिरमान देशराज जोशी र आना शर्माको शीर्ष भूमिका रहेको छ । यी दुईको अलवा फिल्ममा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङको समेत अभिनय हेर्न सकिन्छ । सरोज न्यौपाने निर्मित फिल्म आगामी भदौ २ गते देशभर प्रदर्शना आउने जानकारी निर्माण यूनिटले गराएको छ । एक्सनप्रधान यस फिल्ममा फाइट सम्राट बस्नेतको रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो