दुई रुपैयाँमा निश्चल र आशिफको अगाडि सुमिको जवानी टल्किएपछि…(भिडियो)


Filmy Kura, Jul 6, 2017 at 5:05 pm

“कुटुमा कुटु सुपारी दाना”गीतबाट चौतर्फी वाहवाही बटुलेको चलचित्र “२ रुपैयाँ”को नयाँ क्लब गीत “टल्क्यो जवानी”सार्वजनिक भएको छ । क्लब गीतका रूपमा चित्रित गरिएको यो गीतमा चलचित्र “२ रुपैयाँ” का प्रमुख कलकारहरू आशिफ शाह र निश्‍चल बस्‍नेतका साथै मिस तामाङ २०१२ सुमी मोक्तान फिचर भएकी छिन् ।

यो गीतमा कलाकारहरू आशिफ शाह र निश्चल बस्‍नेत आफैँले नै स्वर दिएका छन् , भने गायिका मीना निरौलारहेकी छिन् । गीतका सङ्गीतकार रोशन थापा हुन् भने गीतको रचना एकतारे र सुरज शाही ठकुरीले गरेका हुन् । गीतको संयोजन राजन ईशानले गरेका हुन् ।

गीतका सम्पादक लोकेश बज्राचार्य रहेका छन् भने छाँयाकार हरि हुमागाईँ हुन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।चलचित्र असिम शाहले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो