प्रेमगीत २ : एघार सहर, एघार कोलाज


Filmy Kura, Jul 9, 2017 at 1:04 pm

दमौलीदेखि नेपालगंज हुँदै बिर्तामोड हानिन आधा नेपाल फन्को मार्नुपर्छ । देश दौडाहामा निस्किएको प्रेमगीत २ लाई यो दूरी फन्को मार्न दुई सप्ताहन्त लाग्यो ।

यो महंगो सांगीतिक यात्रामार्फत सिनेमा दर्शक छिचोल्दै दैलो–दैलो पुग्यो । दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा टुर सकियो । अब काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत गुञ्जाउन कलाकार रेडी छन् ।

‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ राजधानी फिर्न सुरसार कसेका निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेन भन्छन्, ‘एघार सहरमा हामीले एउटै मन पायौं दर्शकको । दर्शक प्रेमगीतबाट स्तरिय मनोरन्जन चाहन्छन् ।’

यौ दौडाहामा प्रदीप खड्का र अश्लेषा ठकुरीसँग सयौं सेल्फी खिचिए । ‘रियल दर्शकसँग हेलिन पाएँ’ प्रदीपले सुनाए, ‘फिल्मलाई लिएर उनीहरुभित्रको हुटहुटी फिल गरेँ । यसले ममा थप दायित्वको समेत बोध गराएको छ ।’

अश्लेषा ठकुरीलाई मोफसलको मायाले निकै बाँध्यो । ‘वास्तवमा दर्शकप्रति आभारी छु । मेरा लागि यो जान्ने, सिक्ने र समाज पढ्ने मौका पनि थियो’ डेब्यु गर्लले भनिन् । फिल्मभित्र उनी एक बर्मेली युवतीको भूमिकामा प्रस्तुत भएकी छन् ।

साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको सिनेमाले तत्कालिन बर्मा र जापानबीचको युद्धको सेटिङ स्थापना गर्छ । पात्रात्मक द्धन्द्ध त्यहीँबाट सुरु हुन्छ ।

कभर गीत गाउने म्याद बढाइयो
प्रेमगीत २ ले कभर गीत प्रतियोगिता आयोजना गरेको थियो । असार २० गतेसम्म भाग लिने मौका दिइएको थियो । अब इच्छुक प्रतियोगीले २७ गतेसम्म गीत बुझाउने मौका प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो