साउने संक्रान्ति खान हल प्रवेश गरे दुई लभस्टोरी फिल्म


Filmy Kura, Jul 14, 2017 at 10:37 am

साउने संक्रान्ति खान दुई लभस्टोरी वेसका फिल्म हल प्रवेश गरेका छन् । फ्राइडे रिलिज परम्परा अनुसार असार ३० देखि ‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’ चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् ।

श्रावण १ गते लुतो फाल्ने दिन परेकाले चाडपर्वका बेला हलमा दर्शक चाप बढ्ने अनुमान गरिएको छ । रिलिज पूर्व ‘सायद २’ ले आक्रामक रुपमा प्रचार प्रसार गरेको थियो । दुर्गिश फिल्मस्को व्यानरमा सुनिल रावल निर्मित यस फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारले प्रमुख भूमिका निभाएका छन् । फिल्मलाई पुष्पराज न्यौपानले निर्देशन गरेका हुन् ।

यता रिलिज पूर्वको प्रिमियरबाट थुप्रै चलचित्रकर्मीको मन जितेको फिल्म हो ‘म यस्तो गीत गाउँछु’ । सांगीतिक प्रेमकथामा निर्माण भएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । अहिलेका हट केक पल शाह र पूजा शर्माको जोडीलाई चलचित्रमा देख्न सकिन्छ । यी दुईको अलवा सरोज खनाल, रुपा राणा, ए गुरुङको फिल्ममा अभिनय रहेको छ । चलचित्रलाई निर्देशक थापा र अभिनेत्री शर्मा मिलेर निर्माण गरेका हुन् ।

दुई लभस्टोरी फिल्मको यो जुङ्गे लडाईलाई धेरैले आत्मघाती लडाई भनेका छन् । किनकि दुवै युथ ओरिएन्टेड फिल्म हुन् । एकै मितिमा लाग्दा स्वभाविक रुपमा दर्शक बाँडफाँड भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो