रेखाको मायामा तड्पीए राज, छ अझै साथ पाइने झिनो आश (भिडियो सहित)


Filmy Kura, Jul 14, 2017 at 11:10 am

सच्चा माया पैसामा किनबेच भएपछि एक प्रेमी आफ्नो प्रेमिकाको यादमा तड्पीएका छन् । ती तड्पीने प्रेमी हुन् गायक राज सिग्देल । सुमधुर आवाज भएका यी गायकको पछिल्लो ‘तस्बिर’ एल्बममा संग्रहित एक गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

‘आखामा कुनै सपना छैन’ बोलको उक्त गीतको भिडियोमा गायक राज आफै फिचर भएका छन् । उनलाई साथ दिएकी छिन् मोडल रेखाले । हरि बस्ताकोटीको शब्द रचना रहेको गीतमा हरि लम्सालले संगीत संयोजन गरेका छन् । भाइव्स क्रियसन मार्फत बजार व्यवस्थापन गरिएको यस गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकनमा तयार भिडियोका सम्पादक निशान घिमिरे हुन् ।

स्मरण रहोस् गायक सिग्देलले ‘ऊ जितेर गई या हारेर गई’ जस्तो लोकप्रिय गीत पस्किएर लाखौ श्रोताको मन जितिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो