हट मालाको अगाडि यसरी रोमान्टिक बनिदिए गायक विनोद ढकाल (भिडियो सहित)


Filmy Kura, Jul 14, 2017 at 11:59 am

पप गायन देखि फिल्मको पाश्र्व गायन सम्म आफूलाई फराकिलो दायरामा प्रस्तुत गरेका गायक विनोद ढकाल हट मोडल माला लिम्बुको अगाडि रोमान्टिक बनेका छन् । विनोदको आफ्नै शब्द, संगीत तथा स्वर रहेको नया पप गीत ‘भ्यालेन्टिनो’ को भिडियो युट्युव मार्फत रिलिज गरिएको छ ।

उनलाई फिमेल भोकलमा मिना सिंहले साथ दिएकी छिन् । माला लिम्बु र सुनिल श्रेष्ठ फिचर भएको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । अमृत सुनारको छायांकनमा तयार गीतको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका छन् । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी रहेको छ ।

एसियन म्यूजिकले बजारमा ल्याएको यो गीत यूथ ओरिएन्टेड छ । गायक विनोदले फिल्मीकुरा सँग टेलिफोनमा कुरा गर्दै भने, ‘अरु भन्दा भिन्न गर्ने सदैव प्रयास हुन्छ मेरो । यो पटक पनि अलगै स्वाद पाउनुहुनेछ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो