सायद २ को ब्लाष्ट हुने प्रकारको ओपनिङ, अधिकांश हल हाउसफूल


Filmy Kura, Jul 14, 2017 at 3:58 pm

देशभरिका झण्डै ६५ वटा सिनेमा घरबाट रिलिज थालनी गरेको चलचित्र ‘सायद २’ ले ब्लाष्ट हुने प्रकारको ओपनिङ गरेको छ । चलचित्रले अधिकांश हलमा हाउसफूलको व्यापार गरेको निर्माण कम्पनी दुर्गिश फिल्मस्ले जनाएको छ ।


राजधानीमा रहेको गोपीकृष्ण हलको नमं र ओम बिहानी र दिवा समयमा हाउसफूल रहेको निर्माता सुनिल रावलले फिल्मीकुरालाई बताएका छन् । यस्तै सिटी सेन्टरमा रहेको बिग मूभिज्मा पनि फिल्म हेर्न आउने दर्शकको घुइँचो रहेको उनले बताए । मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शक उपस्थिती भव्य रहेको उनको भनाइ थियो । नारायणगढको इन्द्रदेव, पोखराको श्रीकृष्ण, नेपालगञ्जको बागेश्वरी, धनगढीको जोशी टागिज, धरानको गणेश र दमकको पाथिभरा हलमा चलचित्रले हाउसफूल व्यापार गरेको निर्माण स्रोतले बताएको छ । त्यसो त बिर्तामोड, हैटौडा लगायतका स्थानमा पनि चलचित्रले दर्शक प्रतिक्रिया राम्रो पाएको छ ।


यो पटक फिल्मलाई लिएर दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हल पुगेका निर्माता रावलले ‘सायद २’ को प्याकेजलाई अडियन्सले उत्कृष्टताको संज्ञा दिएको बताएका छन् । उनले थपे, ‘प्राय नेपाली फिल्ममा इन्डिङ झुर हुने भनेर जून गुनासो सुन्नमा आउथ्यो त्यो कुरा सायद २ ले चिरेको छ । दर्शकले चलचित्रको इन्डिङ पार्टलाई अत्यन्तै मन पराउनु भयो ।’ उनले दर्शकले प्रत्यक्ष रुपमा भेट्दा आफू सँग फोटो खिचाएर पहिलाकै स्ट्यान्डर्ड मेन्टेन गर्न सकेकोमा बधाई दिएको भनाइ राखे । यूथ फोकस फिल्ममा टिनएज दर्शकको चाप धेरै रहेको छ । त्यसो त निर्माता रावलले माउथ पब्लिसिटीले शनिबारबाटै थप आक्रामक रुप लिन सक्ने बताएका छन् । ‘हेर्ने कोहीले छ्या भनेनन्’ रावलले अगाडि भने, ‘फिल्म हेर्न आउने सबै दर्शक प्रति म आभारी छु । यति धेरै माया पाइन्छ जस्तो लागेको थिएन । चौथो पटक सफलताको स्वाद चाख्दैछु । दर्शक नै मेरा भगवान हुन् ।’

पुष्पराज न्यौपाने निर्देशित लभस्टोरी वेस यस फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । साउन १ गते परेको संक्रान्तिले अझ फिल्मलाई प्लस गर्ने अपेक्षा निर्माण संस्थाले लिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो