राजनराजको सुपारी दानालाई हेरियो एक करोड पटक (भिडियो सहित)


Filmy Kura, Jul 15, 2017 at 1:16 pm

पाश्र्व गायन र संगीतमा आफ्नो छुट्टै मौलिकता भएका गायक तथा संगीतकार राजनराज शिवाकोटीको सिर्जना ‘कुटुमा कुटु सुपारी दाना’लाई युट्युवमा १ करोड पटक हेरिएको छ । यो गीत चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गीत हो । जून गीतमा राजन स्वयमकै शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई फिमेल भोकलमा मेलिन राईले साथ दिएकी छिन् भने मेल भोकलमा राजन इशानले ।

सुर्के थैली गायक भनेर चिनिने राजनराज टिपिकल शब्द रचनामा लोक प्यार्टनको संगीतमा आफ्नो आवाज मिसाएर धेरै दर्शक श्रोताको मन जित्न सफल भएका छन् । ‘सुपारी दाना’ पछिल्लो समय पार्टी फक्सन देखि विभिन्न सभा समारोहमा धरै गुन्जने गीतमा पर्छ । १ करोड भ्यूज् पाउँदा राजनराजले एक फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘जय माता सरस्वती । जय कालीनाग ।। छिमेकी हुँ म बाघको, सन्तान कालीनागको’ ।

गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेतको साथमा कलाकार आशिफ शाह फिचर भएका छन् । अशिम शाह निर्देशित ‘दुई रुपैयाँ’ आगामी भाद्र २३ देखि प्रदर्शनमा आउनेछ । जि ट्वान्टी वान प्रोडक्शन र ब्ल्याक हर्स पिक्चर्स प्रस्तुत यस चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो