फोहोर उठाउँदै प्रदीप र अश्लेषा, बागमती सफाई अभियानमा प्रेमगीत २ को साथ


Filmy Kura, Jul 15, 2017 at 7:53 pm

शनिबार एकाबिहानै चलचित्र ‘प्रेमगीत २’ यूनिट त्रिपुरेश्वर स्थित बागमती नदी किनारामा फोहोर उठाइरहेको अवस्थामा भेटियो । जहाँ थिए चलचित्रका नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र साथमा निर्माता सन्तोष सेन ।

२१८ औं हप्ता चलिरहेको बागमती सफाई अभियानमा ‘प्रेमगीत २’ यूनिटले यसरी साथ दिएको हो । श्रावण १३ रिलिज यस फिल्मका नायक खड्काले बागमती सफाई अभियानमा सहभागी हुँदै भने, ‘यो अभियानमा सहभागी हुन पाउँदा केही भएनी राम्रो काम गरियो जस्तो लागेको छ । हामी सबै मिलेर सफा गर्ने हो भने सुन्दर शहर त्यसै बन्छ ।’ यता नायिका ठकुरीले फोहोरै नगर्ने हो भने बागमती साच्चै सफा बागमती भएर बग्न सक्ने बताइन् ।

इतिहासमै विभिन्न प्रकारका प्रचार शैली अपनाएर दर्शकको ध्यान आकर्षित गरेको ‘प्रेमगीत २’ ले मनछुने चलचित्र हल आएर हेर्न सबै दर्शकलाई आह्वान गरेको छ । त्यसो त फिल्मको गुदी नै बलियो रहेको भन्दै दर्शकले साथ दिने कुरामा निर्माण यूनिट ढुक्क छ । काठमाडौ, थाइल्याण्ड र बर्मामा सुट गरिएको लभस्टोरी वेसको यो फिल्मलाई रामशरण पाठकले लेखन तथा निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो