अष्टनारायण हलमा देखियो पल र पूजाको क्रेज, खस्किएको बजारलाई ततायो म यस्तो गीत गाउँछुले


Filmy Kura, Jul 15, 2017 at 8:17 pm

अष्टनारायण हलमा शनिबार नायक पल शाह र नायिका पूजा शर्मा आफू अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’को दर्शक प्रतिक्रिया बुझ्न पुगेका थिए । फिल्म हेरेर बाहिरिएका दर्शकले यी दुईलाई देख्न साथ घेरिहाले । ठेलम ठेल गर्दै कोही सेल्फी खिच्न तर्फ लागिपरे ।

शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले दर्शकको उत्साहप्रद साथ पाएपछि निर्माण यूनिटमा यतिबेला खुसीयाली छाएको छ । यतिमात्र होइन चलचित्रले खस्किएको फिल्मी बजारलाई पुन तताएको छ । चलचित्रका वितरक गोपालकाजी कायस्थले अष्टको चार वटै हल ‘म यस्तो गीत गाउँछु’ हेर्ने दर्शकले भरिएको बताए । यता गोपीकृष्णमा रहेको ७ पर्दा मध्ये पाँच वटा पर्दामा यो फिल्मले बलियो कब्जा जमाएको छ ।

ग्वार्कोको गुण सिनेमामा पनि माग भएपछि ५ वटा पर्दामा यो चलचित्र लगाइएको वितरक कायस्थले बताएका छन् । देशभरिका सिनेमा घरमा शनिबार यो फिल्मले एकलौटी रुपमा दर्शक तानेपछि निर्देशक सुर्दशन थापा र नायिका पूजा शर्माले मिहेनत अनुसारको प्रतिफल पाएको महसुस गरे । चलचित्रको संगीत पक्षले धेरै दर्शकलाई हल सम्म डो¥याएको छ । संगीत कै कारण हल पुगेका दर्शक फिल्मको प्रस्तुतिकरणले निराश हुन नपरेपछि माउथ पब्लिसिटीले यतिबेला राम्रै काम गरिरहेको छ ।

ख्याल रहोस् सुदर्शन र पूजाले संयुक्त रुपमा निर्माण गरेको यस लभस्टोरी चलचित्रमा पल र पूजा सँगै सरोज खनाल, रुपा राणा, अर्जुन गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो