म मा तिमी भन्दै श्रोतामाझ आए यमन (भिडियो सहित)


Filmy Kura, Jul 17, 2017 at 11:00 am

गायक यमन भारद्वाजको ‘ म मा तिमी ’ बोलको नयाँ गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत रिलिज भएको छ । इलाम मा जन्मिएका गायक यमन भारद्वाज रेडियो नेपालको राष्ट्रिय स्तरको आधुनिक गीत गायन प्रतियोगीतामा दोस्रो स्थान हासील गरिसेकेका गायक हुन् । उक्त गीतमा गायिका मेलिना राईले हमिङ्मा स्वर दिएकी छिन् । रेडियो नेपालमा राष्ट्रिय स्तरको आधुनिक गीत प्रतियोगीतामा संगीत र गायनमा गरि ३ पटक सम्म पुरस्कृत र १७ औं इमेज अवार्ड प्राप्त गरिसकेका गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्दरसंगीत रहेको छ ।

भिडियोमा नेपालकी पहिलो मुश्लिम नायिका तथा मोडल ओशिमा बानु र चर्चित भिजे श्रीजल रुपाखेतीको फिचरिङ रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन समेत राहुल प्रधानले नै गरेका छन् । लुजास् शिंहले खिचेको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो