करोड पुग्दाको खुसीयाली, थामिएन राजनराज र स्वस्तिमाको हाँसो (भिडियो सहित)


Filmy Kura, Jul 17, 2017 at 6:35 pm

युट्युवमा राखिएको छोटो समयमा ‘सुपारी दाना’लाई १ करोड भन्दा बढी भ्यूज मिलेपछि फिल्म ‘दुई रुपैयाँ’ टिमले सोमबार एक कार्यक्रम मार्फत केक काट्दै खुसीयाली साटेको छ । गीतका सर्जक राजनराज शिवाकोटी, फिल्मका निर्देशक अशिम शाह, लेखक तथा कलाकार आशिफ शाह, नायिका स्वस्तिमा खड्का, कोरियोग्राफर कविराज गहतराज लगायतका व्यक्तित्व कार्यक्रममा उपस्थित थिए ।

भाद्र २३ रिलिज फिल्मको गीतले छोटो समयमा यो सफलता प्राप्त गरेपछि सर्जक राजनराज दंग देखिन्थे । यस अघि पनि ‘सुर्के थैली’ र ‘पूर्व पश्चिम रेल’ ले करोड क्लबमा प्रवेश गरेपछि राजनको ‘सुपारी दाना’ ले ह्याट्रिक गर्न सफल भएको छ । समारोहमा बोल्दै उनले भने, ‘म यो खुसी सम्पूर्ण दर्शक श्रोतामा बाड्न चाहान्छु । सायद आज उहाँहरुले नरुचाइदिनु भएको भए करोड भ्यूज हुँदैन थियो ।’ आगामी दिनमा अझ मौलिक सिर्जना श्रोतामाझ पस्कने उनले दृढता व्यक्त गरे ।

यता फिल्मका लेखक तथा कलाकार आशिफ शाहले आफू जस्तो नाच्न नजान्नेलाई पनि कोरियोग्राफर गहतराजले नचाउन सफल भएको भन्दै गीत जस्तै फिल्मपनि उत्कृष्ट बनेको बताए । उनले थपे, ‘फिल्मको स्टोरी सुनेपछि पात्र हेर्दै राजनराजले यति मिठो गीत लेखिदिनु भयो । राजन इशानले यति मिठो एरेन्ज गरिदिनु भयो र त आज हामी यो खुसी सबै सँग साट्न सकिरहेका छौ ।’

उक्त कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्माता माधव वाग्ले, बरिष्ठ चलचित्रकर्मी टिका पहारी लगायतको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो